Home / Nepal / जनकपुरमा ११ लाख बराबरको मदिरा बरामद

जनकपुरमा ११ लाख बराबरको मदिरा बरामद

धनुषा । जनकपुरमा प्रहरीले ११ लाख बराबरको मदिरा बरामद गरेको छ ।

जनकपुर उपमहानगरपालिका–४ माछाबजारस्थित महेश्वर मण्डलको घरको गोदाममा राख्‍न लागेको अवस्थामा प्रहरीले ११ लाख रुपैयाँ बराबरको दिलवाले नामक सौफी मदिरा बरामद गरेको हो ।

ना२ख ८२७९ नम्बरको ट्रकमा ल्याई गोदाममा राख्‍न उक्त मदिरा झार्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले फेला पारी ट्रकसहित बरामद गरेको हो ।

फरार ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *