Home / Nepal / News / सर्वोच्चद्वारा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई उद्दार गर्न सरकारको नाममा आदेश जारी

सर्वोच्चद्वारा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई उद्दार गर्न सरकारको नाममा आदेश जारी

काठमाडौं ।अत्यन्त जोखिम अवस्थामा बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकलाई सुरक्षित रुपमा नेपाल ल्याउन बिहीबार सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले नागरिकको व्यक्तिगत अधिकार र बहुसंंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षासमेतलाई ध्यान दिई अत्यन्त जोखिम अवस्थामा रहेका बैदेशिक रोजगारमा रहेका नेपालीलाई नेपाल ल्याउन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता सोमप्रसाद लुइटेलले बैदेशिक रोजगारमा रहेका नेपालीहरु बर्तमान अवस्थामा अत्यन्त दुख पाएका उल्लेख गर्दै उनीहरुलाई स्वदेश फर्काउनको लागि आदेश दिन माग गर्दै बुधबार रिट निवेदन दायर गर्नुभएको थियो ।

सर्वोच्चको आदेशमा सुक्ष्म, गम्भीर एवं संवेदनशील तरिकाले विना भेदभाव, विना स्वेच्छाचारी, विवेकपूर्ण तरिकाले नियन्त्रण र नियमनको शर्त बन्देजसहित बैदेशिक रोजगारीमा रहेकालाई फिर्ता ल्याउनको लागि प्रशासनिक, आर्थिक र व्यवस्थापकीय पहल गर्न भनिएको छ ।

सरकारले तत्काल केही नगर्दा बैदेशिक रोजगारमा रहेका नेपाली नागरिकको जीवन मात्र जोखिममा नरही उनीहरुमा आश्रित रहेका परिवारको जीवनसमेत जोखिममा पर्ने उल्लेख गर्दै आदेशमा उनीहरुको उद्धार गर्नु राज्यको प्राथमिक विषय हुने स्पष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *