Home / Nepal / लकडाउनमा घर बाहिर जान जिद्दी गरेपछि आफ्नै ७ वर्षीया छोरीको हत्या

लकडाउनमा घर बाहिर जान जिद्दी गरेपछि आफ्नै ७ वर्षीया छोरीको हत्या

पर्सा । आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका १ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ ।

निज संजय सरार्फले आफ्नै छोरी ७ वर्षीया अंशू कुमारी सरार्फलाई गत चैत ११ गते दिउँसो झुण्डी रहेको अवस्थामा फेला पारी तत्काल उपचारको लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको भन्ने घटनामा संजय सरार्फलाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा मृतक अंशू कुमारी सरार्फले आफै झुण्डी आत्महत्या गरेको नभई मृतकको बुवा संजय सरार्फले घाटी थिची हत्या गरेको खुल्न आएको हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन सुरु भएको दिन अंशुले बाहिर जान जिद्दी गरिरहेकी थिइन् । सोही क्रममा सञ्जयले बाहिर नजानभन्दा उनले नमानेपछि पिटेका थिए । झन् जोडले रुन लागेपछि तत्कालका लागि चुप लगाउन सञ्जयले छोरीको घाँटी थिचेका थिए ।

साथै आफूले गरेको कसूरबाट बच्ने उद्देश्यले बनावटी आत्महत्या जस्तो वारदात बनाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस विषयमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *