Home / Nepal / मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार देखिएन

काठमाडौं : पछिल्लो करिब तीन महिनादेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा खासै सुधार देखिएको छैन। मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालले निशाको पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिएको हो।

नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरेर निशाको उपचार गरिरहे पनि अपेक्षित सुधार नभएको नर्भिक अस्पतालले जानकारी दिएको छ ।

“उहाँको उपचारमा लगातार नेपाल र नर्भिकमा उपलब्ध सबै खालका प्रविधि, सीप तथा विधिको प्रयोग गरिसकिएको छ । तर पनि उहाँको स्वास्थ्य अवस्थामा खासै सुधार नदेखिएको यही विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौँ,” विज्ञप्तिमा उल्लेख भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *