Home / World News / भियतनाममा तीन महिनापछि विद्यालयहरु खुला

भियतनाममा तीन महिनापछि विद्यालयहरु खुला

हनोई । तीन महिनापछि भियतनाममा विद्यालयहरु खुला गरिएका छन् । कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि जारी गरिएको लकडाउनका कारण विद्यालयहरु पनि बन्द भएका थिए ।

जसका कारण करिब दुई करोड २० लाखभन्दा बढी विद्यार्थी विद्यालय जानबाट वञ्‍चित भएका थिए । 

भियतनामका ६३ प्रान्तमध्ये १८ वटामा आजदेखि विद्यालयहरु खुला गरिएका छन् । अन्य ३० राज्यमा प्रारम्भिक विद्यालयहरु र किन्डरगार्डेनहरु खुला गरिएका छन् । 

राजधानी हनोई र अर्को सहर हो चि मिन्हका स्थानीय तहमा भने प्रारम्भि विद्यालय र किन्डरगार्डेनहरु अहिले खुला गरिएका छैनन् ।

भियतनाम न्युज एजेन्सीका अनुसार अधिकांश विद्यालयहरुले सामाजिक दूरी कायम गर्न कक्षाकोठाको पुनर्संरचना गरेका छन् ।

विद्यालयहरुले दूरी कायम गर्ने विषयमा समस्या भोगिरहेका छन् । 

अन्य केही विद्यालयले भने कक्षा सञ्‍चालनको समय परिवर्तन गरिएको छ भने अन्यले इन्टरनेट र टेलिभाइज्‌ड कक्षाहरु सञ्‍चालन गरिरहेका छन् । –सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *