Home / World News / ‘बालबालिकालाई कुनै हालतमा बाहिर नपठाउ ’

‘बालबालिकालाई कुनै हालतमा बाहिर नपठाउ ’

वार्सिलोना, एजेन्सी । स्पेनको वार्सिलोनाका मेयर एडा कोलाउले विहिवार कोरोना भाइरस संक्रमण फेलिनबाट जोगाउन लागु गरिएको लक डाउनको कडाइ समाप्त पार्ने घोषणा गर्दै बालबालिकालाई भने कुनै पनि हालतमा घरबाट बाहिर नपठाउन आब्हान गरेकी छन् ।

आफ ुपनि तीन र नौ वर्षिय सन्तानका आमा रहेकी उनले बालबालिकालाई भुलेरै पनि घर बाहिर नपठाउन सम्बन्धति अभिभावकसंग सामाजिक संजाल फेसबुक मार्फत अनुरोध गरेकीछन् । स्पेन युरोपकै सबैभन्दा बढि कोरोना भाइरस संक्रमित रहेको मुलुक हो ।

तर बालबालिकालाई घरबाहिर कुनै हालतमा पठाउन नपाइने पनि युरोपको यो एक मात्र राष्ट्र हो । प्रधानमन्त्री पेड्रो सान्चेजले १४ र्माचमा लागु गरेको राष्ट्रव्यापि लक डाउन हाललाई कम्तिमा २६ अप्रिल सम्म विस्तार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *