काठमाडौं । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोलमा डिजेल र मट्टीतेलमा रु २ बृद्धी भएको छ भने खाना पकाउने एलपी ग्यास मा रु २५ बृद्धी भएको छ।
कोरोना महामारी र बाढी पहिरोले थलिएबा बेला सरकारले जनतालाई दुःख दिन पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल विद्यार्थी संघ ( नेविसंघ ) ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ ।
पटक – पटक आम उपभोक्ताको ढाड सेक्नेगरी गरिएको चर्को मूल्य वृद्धिको सबैले प्रतिरोध गर्नुपर्ने भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेका छन् ।
Nepal Oil Corporation has increased the price of fuel with effect from Tuesday night






