सरकारले देशभर २ सय ३५ वटा आइसियु बेड र १ हजार वटा आइसाेलेसन वार्ड तयार पार्ने भएकाे छ।
कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण फैलनसक्ने सम्भावित जाेखिमलाई मध्यनजर राख्दै उक्त तयारी गर्न लागिएकाे हाे।
सोमबार साँझ उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडाैं उपत्यकामा १ सय २० वटा र विभिन्न प्रदेशमा १ सय १५ वटा आइसियु बेड तयार गर्ने निर्णय गरेकाे छ।
उपत्यकाका टेकु अस्पतालमा, सशस्त्र प्रहरीको अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, वीर अस्पताल, नेपाली सेनाको अस्पताल र पाटन अस्पतालमा २०/२० वटा आइसियु बेड तयार पार्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जिम्मेवारी दिइएकाे छ।






