Home / Politics / डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सरकारी वकिलको कार्यालयमा समेत दर्ता

डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सरकारी वकिलको कार्यालयमा समेत दर्ता

काठमाडौं । नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरिक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको जाहेरी दर्ता भएको छ । 

समाजवादी जनता पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, बबरमहलमा दर्ता भएको हो । 

यसअघि यादवसहित समाजवादी जनता पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगे पनि जाहेरी दर्ता भएको थिएन ।

तर, सोमबार अपहरणको जाहेरी दर्ता भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए । 

यसअघि यादवले राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *