Home / Nepal / News / डब्लूएचओ चीनतर्फ केन्द्रित भएको ट्रम्पको आरोप, सहयोग रोक्ने चेतावनी

डब्लूएचओ चीनतर्फ केन्द्रित भएको ट्रम्पको आरोप, सहयोग रोक्ने चेतावनी

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा डब्‍लूएचओमाथि आक्रमण थालेका छन् ।

उनले स्वास्थ्यसम्बन्धी गलत सुझाव दिएको र चीनतर्फ बढी जोड दिएको आरोप लगाएका छन् । 

उनले डब्लूएचओलाई अमेरिकाले धेरै सहयोग गर्दै आएको भए पनि चीनतर्फ केन्द्रित भएको र चीनको पक्ष लिएको आरोप लगाएका छन् ।

उनले डब्लूएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनीसमेत दिएका हुन् ।

विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, “डब्लूएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।”

ट्रम्पले भने, “उनीहरुले यसलाई खराब तरिकाले ह्याण्डल गरे । दे कल इट रङ्ग । दे रिअल्ली मिस्ड द कल ।”

अमेरिकामा अहिले सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् । तर ट्रम्पले भने विश्वमा धेरै संक्रमित भएको देश अरु नै कुनै रहेको बताएका हुन् ।

ट्रम्प प्रशासनमाथि कोरोना भाइरसको संक्रमण रोक्का लागि पर्याप्त प्रयास गर्न नसकेको आरोप लाग्दै आएको छ । 

ट्रम्पले गठन गरेको टास्क फोर्सले अमेरिकामा दुई लाख ४० हजार मानिसको मृत्यु कोरोना महामारीले हुने बताइएको छ । 

– बीबीसी 

Leave a Reply

Your email address will not be published. Required fields are marked *