Home / Nepal / चुनाव घोषणासँगै व्यवसायीहरुलाई पार्टीका झन्डा बनाउन भ्याइनभ्याई

चुनाव घोषणासँगै व्यवसायीहरुलाई पार्टीका झन्डा बनाउन भ्याइनभ्याई

काठमाडौं : आजभोलि बागबजारको भित्री गल्लीमा विभिन्न दलका झन्डाका लागि कपडा सिलाउने, प्रिन्ट गर्ने र सुकाउने काम चलिरहेको छ। 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद् भंग गरेपछि काठमाडौंलगायत देशव्यापी प्रदर्शनका कारण झन्डाको खपत निकै बढेको छ । अहिले संघीय राजधानीका साथै सातै प्रदेशमा बृहत् विरोध प्रदर्शनका कार्यक्रम बढ्दै जाँदा बागबजारका झन्डा व्यवसायीहरुलाई झन्डाको माग पूरा गर्न भ्याइनभ्याई भएको हो।

पछिल्ला समय ठूलादेखि साना दलहरुका आन्दोलनका निम्ति हजारौं झन्डा बनाउने जिम्मेवारी पाएका कैलाश शाह भन्छन् “चुनावको मुखैमा झन्डा बनाउन नसकिने हुँदा अहिलेदेखि नै विभिन्न पार्टीका झन्डा बनाएर मौज्दात (स्टक) मा राख्‍ने गरी काम गरिरहेका छौं,’’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *