Home / Nepal / News / कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाए

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाए

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा करिब साढे ६ हजारले ज्यान गुमाएका छन् ।

२४ घण्टामा विश्वभर ६ हजार ३६७ कोरोना संक्रमितको ज्यान गएको हो ।

अघिल्लो २४ घण्टाको तुलनामा यो केही कम हो । अघिल्लो २४ घण्टामा ७ हजार ३४१ जनाको मृत्यु भएको थियो । 

सबैभन्दा धेरै अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८९५ जनाले ज्यान गुमाएका छन् । स्पेनमा २४ घण्टामा ७४७, इटलीमा ५४२ तथा फ्रान्समा ५४१ ले २४ घण्टामा ज्यान गुमाएका छन् । 
बिहीबार बिहान साढे ६ बजेसम्म कोरोनाबाट विश्वभर ८८ हजार ४०३ जनाको ज्यान गइसकेको छ । 

सबैभन्दा धेरै इटलीमा १७ हजार ६६९ जनाको ज्यान गएको छ भने अमेरिकामा १४ हजार ७३६ तथा स्पेनमा १४ हजार ७९४ जनाको मृत्यु भएको छ । फ्रान्समा १० हजार ८६९ को कोरोनाका कारण ज्यान गइसकेको छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *