Home / World News / किम जोङ उन जीवितै, फैलिएका भ्रमबारे सावधानी अपनाउन आग्रह

किम जोङ उन जीवितै, फैलिएका भ्रमबारे सावधानी अपनाउन आग्रह

किम जोङ उन जीवित र स्वस्थ छन् : दक्षिण कोरिया

सिओल । दक्षिण कोरियाली अधिकारीहरुले उत्तर कोरियाली नेता किम जोङ उनका विषयमा फैलिएका भ्रमबारे सावधानी अपनाउन आग्रह गरेका छन् ।

दक्षिण कोरियाले उत्तरी सीमातर्फ कुनै अस्वभाविक गतिविधिहरु नभएकोसमेत जनाएको छ । 

आइतबारको क्‍लोज्ड-डोर फोरुममा दक्षिण कोरियाका युनिफिकेसन मिनिस्टर किम योन-चुलले सरकारको खुफिया स्रोतका अनुसार उत्तर कोरियामा कुनै अस्वभाविक गतिविधि नभएको दाबी गरे ।

उत्तर कोरियाको मुख्य दिन १५ अप्रिलका दिन अनुपस्थित भएपछि विभिन्‍न अनुमान र भ्रमहरु फैलिएका थिए ।

उत्तर कोरियाका लागि विशेष दिन मानिएको किमका हजुरबुबाको जन्म दिनमा उनी अनुपस्थिति भएपछि यसलाई गम्भीर रुपमा व्याख्या गर्न थालियो । उनी १२ अप्रिलदेखि सार्वजनिक भएका छैनन् । 

अमेरिकी मिडियासँग कुरा गर्दै राष्ट्रपति मुन जाइ-इनका परराष्ट‍्र नीति सल्लाहकार मुन चुङ-इनले भने, “हाम्रो सरकारको धारण स्पष्ट छ ।

कम जोङ उन जीवित छन् र स्वास्थ छन् । उनी १३ अप्रिलदेखि वनसनमा रहेका छन् । त्यसयता कुनै शंकास्पद गतिविधिहरु भएका छैनन् । 

कोरोना भाइरसको त्रासका कारण किमले आफूलाई आइसोलेट गरेका छन् अथवा गम्भीर रोग वा चोटका कारण उनको अनुपस्थिति बढेको हो भन्‍नेजस्ता अनुमानहरु विभिन्‍न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले गरेका थिए । –अलजजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *