Home / Nepal / आमीर खानले झोलामा १५ हजार लुकाएर दिइएको फेक खबर भाइरल

आमीर खानले झोलामा १५ हजार लुकाएर दिइएको फेक खबर भाइरल

नयाँ दिल्ली । केही साताअघि भारतमा दैनिक ज्यालादारी मजदुरको बस्तीमा राहतको झोलामा १५ हजार रुपैयाँ लुकाएर दिइएको खबर सामाजिक सञ्जालमा भाइरल भयो । 

तर, राहत दिने व्यक्ति को हो कसैलाई थाहा भएन । केहीदिन अघि मात्रै टिकटक लगायत सामाजिक सञ्जालमा उक्त समाजसेवी व्यक्ति अभिनेता आमिर खान भएको खबर बाहिरियो । 

विशेष गरी युवापुस्ताले टिकटकमार्फत आमारिलाई धन्यवाद दिन थाले । 

तर अभिनेता आमिरले त्यो व्यक्ति आफू नभएको खुलासा गरेका छन् । उनले सोमबार ट्विटरमार्फत् आफूले त्यो राहत प्रदान नगरेको भन्दै लेखेका छन्, “साथीहरू गहँुको बोराभित्र पैसा हाल्ने व्यक्ति म होइन । यो कि त गलत खबर हुनुपर्छ, कि रोबिन हुड आफूलाई गोप्य राख्न चाहन्छन्, सुरक्षित रहनुहोस् ।”

बलिउड कलाकारहरूले कोरोना भाइरस कोषमा सहयोग गरिरहेको खबर बाहिरिए पनि आमिरले भने आफूले गरेको सहयोग बारे गोप्यता नै कायम गरिरहेका छन् । 

https://twitter.com/aamir_khan/status/1257165603678240768?s=19

तर, उनले प्रधानमन्त्री कोष लगायतका थुपै कोषमा सहयोग गरिरहेको भारतीय मिडियाले बताएका छन् । (हिन्दुस्तान टाइम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *