हिटर बालेर सुत्दा काठमाडौँको नयाँपाटीमा नवजात शिशु सहीत महिलाको मृत्यु
काठमाडौँ: सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका स्थायी घर भइ काठमाडौँ गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा बस्ने २७ वर्षीया पेम्बी शेर्पा एक महिनाकी छोरीसहित मृत भेटिएकी छिन।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार श्रीमान सहित नयाँ बस्तीमा बस्दै आएकी पेम्बिका श्रीमान दोर्जे शेर्पा भने अचेत अवस्थामा भेटिएका छन।
उनीहरुको हत्या गरिएको हो या अन्य कुनै कारण हो भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनाको प्रकृति हेर्दा राति सुत्दा हिटर बालेर सुतेको हुँदा निस्सासिएर ज्यान गएको हुन सक्ने प्रहरीको आशंका गरेको छ।