सार्बजनिक स्थानमा प्रवेश गर्न खोप कार्ड अनिवार्य नियम आजबाट लागू हुदैं
काठमाण्डाै: कोरोना भाइरसको ओमीक्रोन भेरियन्ट अत्यधिक फैलन थालेपछि केहीदिन अघि सार्वजनिक ठाउँमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ ।
उक्त नियमअनुसार अब कार्यालय, होटल, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थानमा जानलाइ अनिवार्य रुपमा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।
आजदेखि लागू हुने यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ ।
सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता भने थुपरीएको छ।
यो नियम लागू भए सङै खोप नलगाएकाहरु सार्बजनिक स्थानमा प्रबेश गर्न बन्चित हुनेछन।