फुटबल खेल्ने क्रममा विवाद हुँदा भएको हत्यामा ‘संलग्न’ दुईजना पक्राउ
विराटनगर : मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ८ राजघाट चौधरी टोलमा फुटबल खेल्ने क्रममा विवाद हुँदा भएको हत्यामा ‘संलग्न’ लाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत साउन १० गते दिउँसो १ बजेतिर भएको
फुटबल प्रतियोगता र सोही विषयलाई लिएर भोलिपल्ट साउन ११ गते मोटरसाइकलमा आएर उर्लाबारी नगरपालिका–बस्ने २१ वर्षीय सुसन धामी र सोही ठाउँ बस्ने १७ वर्षीय अभिषेक चौधरीमाथि धारिलो हतियार छुरा प्रहार भएको थियो। उपचारका लागि झापाको बीएन्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा अभिषेक चौधरीको मृत्यु भएको थियो। सुसनको अवस्था भने सामान्य छ।
सोही घटनामा संलग्न मुख्य कसुरदार मोरङ उर्लाबारी नगरपालिका वडा नं. ७ बस्ने २७ वर्षीय अभिषेक लिम्बू र सोही ठाउँ वडा नं.८ बस्ने २८ वर्षीय विजय लिम्बूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।