NepalNewsSociety

नेपालीहरुको दोश्रो ठुलो चाड तिहारको पहिलो दिन आज कागको पुजा गरी मनाइदैं

नेपालीहरुको दोस्रो महान चाड तिहारको यमपञ्चक आज बाट सुरु भएको छ। यमपञ्चकको पहिलो दिन कागको पूजाआजा गरी मीठो मीठो खान दिएर कागको पुजा गरेर तिहार मनाइँदैछ।

वैदिक मान्यताअनुसार कागलाई यमदूतका रूपमा समेत मान्ने गरिन्छ। आजको दिन कागलाई पूजाआजा गरी आफुँले खाना खान भन्दा अघि खान दिने प्रचलन रहेको छ।

पहिलो दिन आज काग तिहार, कात्तिककृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा र म्हपूजा एवं अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने गरिन्छ।

ती पाँच दिनसम्म यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ।

तिहारमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र दिदी बहिनीका अतिरिक्त बलिराजाको पनि पूजा गर्ने चलन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *