आज बाला चतुर्दशी दिवङ्गत पितृहरुको मोक्ष प्राप्तीको लागि सतबिज छरीदैं
आज बाला चतुर्दसी दिबंगत भएका पितृहरुको सम्झना एबम मोक्षका लागि सतबिज छर्ने चलन रहेको छ।
आजका दिन देशका विभिन्न धार्मिक तिर्थस्थलहरु पसुपतीनाथ, गौरिघाट, सुनसरीको चतरा, बराहक्षेत्र, पर्बतको सेतिबेणि, तनहुँको देवघाट, धनुषाको क्षिरेस्वर, झापाको माईधार लगायत विभिन्न स्थानमा भक्तजनहरुको घुईंचो लाग्ने गर्दछ।
शतवीज भन्नाले पितृ उद्धारकालागी धार्मीक वनहरुमा गएर छरिने सातप्रकारको अन्नहरु पर्दछ।
यस्ता अन्नहरुमा धान, गहुँ, मास, मुगी, लगायतका सात वटा अन्नहरुको मिश्रण बनाइ छर्ने चलन रहेको छ।
अन्नका साथसाथै कागती, निबुवा , विमिरो , सुन्तला , स्याउ , उखु , अम्बा , केरा आदि समेत राख्ने चलन रहेको छ।
यसरी शतवीज छर्नका लागी चर्तुदशीको अघिल्लो दिन रातभरी जाग्रम बसेर भजन किर्तन गर्दै बिहान नुहाएर सतबिज छर्ने चलन रहेको छ।
कोरोना संक्रमणका कारण यसपाली भने भक्तजनको उपस्थित कम रहेको छ।
चितवनको देवघाट लगायतका क्षेत्रहरुमा भक्तजनहरुलाइ नआउनका लागि सार्बजनिक रुपमै सुचना जारी गरिसकेको छ।