News

स्याङ्जा र पर्वतमा थप १० जनामा संक्रमण, गण्डकी प्रदेशमा संक्रमितको संख्या ३७ पुग्यो

पोखरा । स्याङ्जा र पर्वतमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्याङ्जा जिल्ला, चापाकोट नगरपालिकाका वर्ष २२, २६, ३२ र ४० का ४ जना पुरुष र सोही जिल्ला बिरुवा २० वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।  

यसैगरी पर्बत जिल्ला, फलेबास नगरपालिकामा वर्ष २० र ४० का २ जना पुरुष र सोहि जिल्ला महाशिला गाउँपालिकाका वर्ष १९, २० र २१ का ३ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भैरहेको छ ।

गण्डकी प्रदेशमा अब कोरोना संक्रमितको संख्या ३७ पुगेको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दू शर्माले जनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *