BusinessNepalNews

प्रहरीद्वारा इच्छाराज तामाङसहित १२ जनाको नाम सार्वजनिक

काठमाडौं : ठगी आरोपमा पक्राउ परेका सिभिल बैंकका अध्यक्षसमेत रहेका इच्छाराज तामाङसहित १२ जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ परेका १२ जनाको नाम सार्वजनिक गरेको हो ।

तामाङ अध्यक्ष रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआईबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो।

तामाङले २०५५–५६ मा सहकारी खोलेका थिए । उनी सहकारीको अध्यक्ष र लोन शाखा प्रमुख दुवै थिए ।

सहकारीसँगै उनले घरजग्गाको कारोबार बढाएका थिए। घरजग्गाका लागि सबैजसो ऋण सोही सहकारीबाट लिए। सिभिल होम्सले एक हजारभन्दा बढी घर बनाएर बिक्री गरेको तर सहकारीबाट लिएको ऋण तामाङले नतिरेको आरोप निक्षेपकर्ताले लगाएका छन्।

पक्राउ परेकाहरूको विवरण यस्तो छ:–
१. नाम थर : इच्छाराज तामाङ
वतन : काठमाडौं, कीर्तिपुर ट्याङ्लाफाँट
वर्ष : ५७
पद : सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष, पूर्वसभासद एवं सिभिल बैंकको अध्यक्ष

२. नाम थर : एलिना तुलाधर
वतन : भक्तपुर, भक्तपुर नगरपालिका–११
वर्ष : ४४
पद : जुनियर असिसटेन्ट मेनेजर

३. नाम थर : शंकरप्रसाद पाठक
वतन : झापा, साबिक अर्जुनधारा गाविस–९
वर्ष : ४५
पद : जुनियर अधिकृत

४. नाम थर : संगीत श्रेष्ठ
वतन : काभ्रे, साबिक गोकुले गाविस–५
वर्ष : २५
पद : असिसटेन्ट

५. नाम थर : राकेश महर्जन
वतन : काठमाडौं, कीर्तिपुर नगरपालिका–९
वर्ष : ३३
पद : लेखा अधिकृत

६. नाम थर : केशवलाल श्रेष्ठ
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१६
वर्ष : ६२
पद : सञ्चालक समितिको अध्यक्ष

७. नाम थर : भगवानबहादुर सिंह
वतन : काठमाडौं, काठमाडौं महानगरपालिका–१२
वर्ष : ६२
पद : सहजकर्ता प्रबन्धक

८. नाम थर : मायोनानी महर्जन
वतन : काठमाडौं कीर्तिपुर नगरापालिका–९
वर्ष : ५०
पद : जुनियर असिसटेन्ट मेनेजर

९. नाम थर : बुद्धराज तामाङ
वतन : सिन्धुली, दुधौली नगरपालिका–७ । हाल काठमाडौं,
बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ४०
पद : जुनियर सहायक प्रबन्धक

१०. नाम थर : कौस्तुभकेतन ढुंगाना
वतन : काठमाडौं, बूढानीलकण्ठ नगरपालिका–६
वर्ष : ३७
पद : जुनियर सहायक प्रबन्धक

११. नाम थर : विजयविक्रम शाह
वतन : नुवाकोट, विदुर नगरपालिका–२
वर्ष : ४३
पद : सिभिल होम्सका वरिष्ठ प्रबन्धक

१२. नाम थर : हरिहर लामिछाने
वतन : मकवानपुर, चितलाङ । हाल काठमाडौं महानगरपालिका–१४, कलंकी
वर्ष : ४६
पद : पूर्वलेखा समिति सदस्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *