कञ्चनपुरका एक युवकको नेपाल भारत सिमामा गोलिहानि हत्या, हत्या गरिएको शव भारतीय प्रहरीले लगे
कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिका–५ का ३५ वर्षीय शिवलाल रानाको छातीमा गोली प्रहार गरी हत्या गरिएको छ। कञ्चनपुरको पुनर्वास स्थित नेपाल भारत सिमानाकामा पर्ने भारतीय दुधवा राष्ट्रिय निकुञ्जमा गोली प्रहार गरी हत्या गरिएको थियो।
बुधबार २ बजेदेखि सम्पर्क विहीन भएका रानाको शव बिहीवार दिउँसो १ बजे तिर नेपालबाट करिब ३ किलोमिटर दक्षिण निकुञ्जको जङ्गलमा गोली प्रहार गरी हत्या गरिएको अवस्थामा सव आफन्तले भेट्टाएका थिए।
शवलाइ आफन्तले बोकेर नेपाल ल्याएकामा घटना भारतमा भएको भन्दै शव सहित मृतकका ५ जना आफन्तलाइ भारतीय प्रहरीले भारतको लखीमपुर लगेको छ।
पोस्टमार्टम र अनुसन्धानका लागी भन्दै भारतको कोतवाली प्रहरीले उनको शव बिहीवार बेलुका करिब पौने ७ बजे लगेको हो। मृतकको शव पोस्टमार्टम पछि आज आफन्तलाई बुझाउने जनाइएको छ।
घटना भएको ठाउँमा रगत हरू पनि ढाकछोप गरि गरी प्रमाण मेटाइएको र घटनाको सत्यतथ्य छानबिनका लागि आफन्तले नेपाल सरकार समक्ष आग्रह गरेका छन।