तनहुँबाट पक्राउ परेका कांग्रेस बरिस्ठ नेता रामचन्द्र पौडेल केहिबेर अघि रिहा
काठमाडौँ: तनहुँको ब्यास नगरपालिकाको तालघरे दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न गएका जाँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रदेश सांसद सरिता गुरुङले निषेधाज्ञा तोडेको आरोपमा करिब तीन घन्टा तनहुँ प्रहरीले हिरासतमा राखेर केहिबेर अघि प्रहरीले छोडिदिएको छ।
नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुने आशंका गर्दै प्रशासनले निषेधाज्ञा लगाएको बेला पुल उद्घाटन गर्न गएको भन्दै पौडेललाई तनहुँ प्रहरीले पक्राउ गरेको थियो।
पौडेललगायत नेताहरुलाई तनहुँ जिल्ला समन्वय समितिकारोहबरमा रिहा गरिएको तनहुँ प्रहरीले जनाएको छ।
कांग्रेसका नेता पौडेल पक्राउ गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई,ले विरोध गरेका थिए।