BusinessNepalNews

साहस ऊर्जा कम्पनीको आइपीओ बुधबारबाट बिक्री खुल्ला

सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा कम्पनीले कुल ७० लाख कित्ता सर्वसाधारण समूहको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला गरेको छ।

कम्पनीले अंकित मूल्य १ सयका दरले कुल ७० लाख कित्ता आइपिओ आजदेखि बिक्री खुल्ला गरेको हो। ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड गरीनेछ।

न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइने यस कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *