Nepal

मोरङको बेलबारीमा सडक दुर्घटना १ को मृत्यु २ घाइते

पुर्ब पश्चिम राजमार्ग अन्तरगत मोरङको बेलबारीमा गए राती सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

तीन जना सवार स्कुटर ट्रकमा ठक्कर खाँदा दुई जना गम्भीर घाइते भएका छन्।

invotech

जिल्ला ट्राफिक कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका वडा नम्बर ४ बेतनामा गए राति करिब ११ बजे दुर्घटना भएको थियो।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक बेलबारी वडा नम्बर ५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको हो।

nic

उनको नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा गए राति १ बजेतिर मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

उनकाअनुसार स्कुटरको पछाडि बसेका पाँचथर मिक्लाजुङ -३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते छन्। उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *