काठमाडौं : मोरङमा प्रहरी चौकी मझारेबाट खटिएको प्रहरीलाई कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा को.१४प ७६३ नम्बरका मोटरसाइकल चालक जहदा गाउँपालिका ७, तारेगाना बस्ने २१ वर्षीय बब्लु साह हुन्।
प्रहरीका अनुसार १५० लिटर डिजेल उक्त मोटरसाइकलमा फेला पारी बब्लुलाई नियन्त्रणमा लिने क्रममा उनले प्रहरी कर्मचारीलाई नै कुटपिट गरेपछि प्रहरीले पक्राउ गरेको हो।





