सुनसरीमा तरबार प्रहार गरि आफ्नै श्रीमतीको हत्या
इनरुवा : सुनसरीमा तरबार प्रयोग गरि श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपालिका–१, उराउटोल बस्ने ३२ वर्षीय लालुप्रसाद उराउ रहेको प्रहरीले जनाएको छ।
उनले तरबार प्रहार गरी आफ्नै श्रीमती ३० वर्षीया चन्द्रकला उराउको हत्या गरेको बुझिएको छ।
उनलाइ शुक्रबार इलाका प्रहरी कार्यालय लौकही र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।