Home / Nepal / मकै बाली फौजी किराले सखाप पार्न थाल्यो ? यो कस्तो खालको किरा हो ?

मकै बाली फौजी किराले सखाप पार्न थाल्यो ? यो कस्तो खालको किरा हो ?

अशिम सापकोटा

फल आर्मीवर्म अर्थात अमेरिकन फौजी किरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो ।

यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्र्युगिपेर्डा हो । यो राति चर्न मन पराउँछ । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रमा पाइने रैथाने किरा भारत हुँदै नेपाल छिरेको विज्ञहरु बताउँछन् । २०७६ बैशाख २६ गते नवलपरासीको गैंडाकोट क्षेत्रमा पहिलोपटक फौजी किरा फेला परेको थियो ।

यो कीरा बालीका लागि निकै हानिकारक हुने गरेको छ । बालीमा क्षति र्पुयाउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ ।

मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ । यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर र्पुयाउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको अध्ययनले देखाएको छ ।

खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ । अमेरिका पछि अफ्रिकी महादेशको नाईजेरियामा सन २०१६ को जनवरीमा देखा परेको थियो ।

अहिले ४० भन्दा बढी अफ्रिकी मुलुकमा फैलिसकेको बताइन्छ । सन् २०१७ मा अफ्रिकाको मकै उत्पादन गर्ने १२ देशका ४ करोड जनसंख्यालाई असर पारेको थियो । त्यस बखत मकै उत्पादनमा फौजी किराले ५३ प्रतिशत कमी ल्याएको थियो ।

सन २०१८ मा भारत, श्रीलंका, म्यानमार, भियतनाम, चीन, ताइवान, थाइल्यान्ड र बंगलादेशमा देखा परेको थियो । नेपालको तापक्रम र पानी पर्ने पद्धति फौजी कीरालाई फैलिन र मौलाउन सहयोग पुग्ने कृषि तथा कीट वैज्ञानिकहरूको भनाइ छ ।

कसरी थाहा पाउने फौजी किराको प्रकोप फौजी किराको लार्भा शुरुको अवस्थामा सेतो वा हल्का हरियो रंगको हुन्छ भने टाउको कालो हुन्छ । हुर्कदै जाँदा लार्भाको शरीर साधारणतया खैरो रंगको हुन्छ ।

भने टाउको गाढा खैरो रंगको हुन्छ । पूर्ण विकसित लार्भा ३ देखि ४ सेन्टिमिटरको हुन्छ । लार्भाको जीवन १४ देखि २१ दिनको हुन्छ । अण्डाबाट भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोतरेर खाने गर्दछ । जसले गर्दा पातहरुमा सेतो धब्बा देखिन्छन् ।

लार्भाहरु ठूलो हुँदै जाँदा पातहरुमा प्वाल देखिन्छ । लार्भाले खाँदै गर्दा आलो दिसा हुन्छ । पछि गुभोभित्र समेत पसेर खाइदिने गरेको छ । गुभो खोलेर हेर्दा लार्भा देखिन्छ । यसले मकैको धान जमरामा समेत क्षति गर्ने गरेको पाइएको छ ।

घोगा लागेपछि घोगा र दानासमेत खाएर सखाप पार्ने कृषि विज्ञको भनाइ छ । यसले मकै मात्रै नभई जुनेलो, धान, गहुँ, कोदो, उखु, बन्दा चुकन्दर, बदाम, भटमास, प्याज, कपास, गोलभेंडा, आलु तथा अन्य घाँसमा पनि असर र्पुयाउने गरेको छ ।

बालीनालीका लागि अहिलेसम्मकै खतरा मानिएको फौजी किराले ८० भन्दा बढी प्रकारका बालीनालीमा क्षति गर्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । खाना र बासस्थानको खोजीमा यो किराको बयस्क पुतली एक दिनमा १ सय किलोमिटर र जीवनमा २ हजार किलोमिटरसम्म उडेर जान सक्छ ।

यस कीराको रोकथामका लागि जथाभावी रुपमा अनुपयुक्त बिषादीहरु प्रयोग गर्नाले मानव तथा पशुपंक्षीको स्वास्थ्यमा नकारात्मक असर पर्नुका साथै वातावरण, मित्रजीव कीरालाइ हुने नोक्सानीले यस कीराले भबिष्यमा बिकाराल रुप लिन सक्ने खतरा पनि रहेको देखिन्छ ।

उपयुक्त खाना तथा बासस्थानको खोजीमा यस कीराको वयस्क पुतली सय किलोमिटर सम्म पनि उडेर जान सक्दछ ।

यस खतरनाक फौजी कीराले नोक्सानी गरेको अवस्थामा नेपाली किसानहरुको खाद्य सुरक्षा तथा आर्थिक अवस्थामा समेत असर पार्ने भएको हुनाले यस कीराको समयमा नै समुचित ब्यवस्थापन तथा रोकथाम गर्नुपर्ने देखिन्छ ।

https://www.youtube.com/watch?v=Jlg2Esj7vnc&t=28s

कृषि विज्ञहरुको सहयोगमा अशिम सापकोटाको रीपोर्ट

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *