काठमाडौ महानगरपालिकाले काठमाडौमा लोकप्रिय र्याप गायक यम बुद्धको मुर्ति बनाउने
काठमाडौ । काठमाडौ महानगरपालिकाले काठमाडौमा लोकप्रिय र्याप गायक यम बुद्धको मुर्ति बनाउने भएको छ । महानगरका मेयर बालेन शाहले सो जानकारी दिएकाहुन ।
अनिल अधिकारी (१९८७ मे ३० – २०१७ जनवरी १४, चर्चित नाम: यमबुद्ध) नेपाली र्यापर, हिपहप कलाकार तथा गीत रचनाकार थिए। साथी नामक गीतबाट प्रचलित भएका उनी नेपाली हिपहप जगतमा छाएका कलाकार थिए। विशेषतः समाजको विकृतिको विरोधमा थुप्रै गीत रचेका उनी लेखाइको अभिव्यक्तिबाट चर्चित छन् ।यम बुद्ध जसको वास्तविक नाम अनिल अधिकारी हो। उनी नेपालका एक चर्चित र्यापर हुन्। वास्तवमा उनले २००७ देखि नेपाली र्याप क्षेत्रमा आफ्नो पाइला टेकेका थिए। उनको सबैभन्दा चर्चित एल्बम मध्ये साथि सर्वोत्कृष्ट रहेको थियो।
उनी श्रीमतीसँगै विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका थिए। भने १४ जनवरी २०१७ मा उनले लण्डनमानै आत्महत्या गरेका थिए।
यम बुद्धका चर्चित र मुख्य एल्बमहरू निम्न अनुसार रहेका छन्।
सरकारलाई च्यालेन्ज हो
मेरो जुत्तामा
साथी
आउँदैछु म
फुटपाथ मेरो घर
यो प्रसंग
दिदी
अन्त्यको सुरुवात
नाचन
आमा
मलामी
खतरा(आफ्नो निधन भन्दा तीन दिनअघि आफ्नो ट्वीटरमा नयाँ एल्बम ‘खतरा’ लिएर प्रस्तुत हुने जानकारी दिएका थिए।)