Home / Society / कर्णाली डुंगा पल्टियो, १० दिनको बच्चासहित ३ जना बेपत्ता

कर्णाली डुंगा पल्टियो, १० दिनको बच्चासहित ३ जना बेपत्ता

आइतवार कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन्
बेपत्ता हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३, रागाँमलेखा बस्ने २० वर्षीया उर्मिला सलामी मगर, १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका हुन ।

१० जना सवार रहेका उक्त दुङ्गाबाट पाँच जना पौडी खेलेर बाहिर निस्किएका छन् भने दुई जना घाइते भएको कैलाली प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही ठाउँकी १९ वर्षीया धनसरा सलामी मगर, एक महिने छोरा कर्ण सलामी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरू रागाँ मलेखाबाट बच्चालाई खोप लगाउन काठको डुंगामा सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्यचौकी जाँदै थिए । घटनास्थलमा प्रहरी टोली पुगेको र बेपत्ताको खोजी भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *