जनता समाजवादीका सांसद महन्थ ठाकुर संविधान संशोधन दर्ता गराउन संसद सचिवालयमा
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद महन्थ ठाकुर संविधान संशोधन प्रस्ताव दर्ता गराउन संघीय संसद सचिवालय पुगेका छन् ।
असन्तुष्ट रहेका मधेस केन्द्रित दलले उठाएका माग समेटेर संविधान संशोधन विधेयक दर्ता गर्न लागिएको हो । संविधान संशोधन प्रस्ताव दर्ताका लागि अहिले संसद सचिवालयमै रहेको जसपा नेता केशव झाले बताए ।
जारी संविधानमा प्रदेशको सीमाकंन, नागरिकता, भाषालगायतका विषयमा मधेशवादी दलहरुले संशोधन हुनुपर्ने बताउँदै आएका छन् ।
सरकारले नेपालको नयाँ नक्सा संविधानको अनुसूचीमा राख्ने गरी संशोधन प्रस्ताव दर्ता गराइसकेको छ ।
सो संशोधन प्रस्ताव सर्वसम्मत पारित गराउने गृहकार्यमा सरकार रहेका बेला ठाकुरले ‘प्राइभेट बिल’का रुपमा संशोधन प्रस्ताव दर्ता गर्न लागेका हुन् ।