NepalNewsSociety

मोरङको रंगेलीमा एउटै विद्यालयका ६० विद्यार्थीमा उच्च ज्वरो, विद्यालय तीन दिनका लागि बन्द

बिराटनगर: मोरङको रंगेली नगरपालिका ४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका ६० जना भन्दा धेरै संख्यामा विद्यार्थीलाई उच्च ज्वरोको समस्या देखिएपछी ३ दिनका लागि विद्यालय बन्द गरिएको छ।

८–१२ वर्षसम्मका विद्यार्थीमा उच्च ज्वरोको समस्या देखिएको प्रध्यानध्यापक सेवन्त गौतमले बताउनु भएको छ।

४ सय भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा कोरोना भाइरसका कारण मंसिर १५ गते देखि स्वास्थ्य मापडण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरेको बिधालयमा दैनिक डेढ सय देखी २ सय जनासम्म विद्यार्थीहरु पठनपाठनका लागी आउन थालेका थिए।

केहि बिद्यार्थीमा १०४ सेन्टिग्रेट सम्म ज्वरो आएपछि नगर स्वास्थ्य शाखालाई समेत खबर गरेर कोरोना परीक्षणको प्रक्रिया अगाडी बढाइसकिएको प्रधानध्यापक गौतमले बताउनु भयो।

रंगेली नगर स्वास्थ्य शाखा प्रमुख ब्रजेश मेहताले उच्च ज्वरो देखिएका केहि विद्यार्थीहरुको स्वाब संकलनको गरिएको बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *