NepalNewsPolitics

सम्मानजनक बहिर्गमनका लागि तयार छु – प्रधान न्यायाधीश राणा

फैसला देखाएर मन्त्रिपरिषद विस्तारमा सौदावाजी गरी आफ्नो भाग खोजेपछी विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले आफू सम्मानजनक बहिर्गमनको पक्षमा रहेको बताएका छन।

राणाले आफूलाई राजीनामा दिन दवाव दिने उन्नाइस जना न्यायाधीशहरूलाई आइतबार प्रस्ताव पठाउदै आफू सम्मानजनक बहिर्गमनको पक्षमा रहेको बताएका छन। यस्तो प्रस्ताव उनले न्यायाधीश मनोज शर्मामार्फत् पठाएका बुझिएको छ।

यद्यपी सम्मान जनक बहिर्गमनको आशय भने नखुलेको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशले यसरी सत्तामा भाग खोज्नु न्यायलयमा विचलन हो भन्दै नेपालबार समेत आन्दोलनमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *