गजल
कहिलेकाँही जितमा पनि,हार्न सक्नुपर्छ
संघर्ष हो जीवन भनि,स्विकार्न सक्नुपर्छ
आफ्नो मात्र नभएर,अरु को पिरमा पनि
सहानुभूतिका आँसु हामी,झार्न सक्नुपर्छ
हरेक इच्छा पूरा गर्न,सकिँदैन यो मन का
हजार चाहना हरु मन मै,,मार्न सक्नुपर्छ
दु:ख,पीडा,बेदना को,,यो महा सागर मा
जीवन रुपी जहाज लाई,,तार्न सक्नुपर्छ
आए पनि कठिनाइ,जीन्दगीका यात्रामा
हिम्मत जुटाई पछि पछि,सार्न सक्नुपर्छ
कसरी जिउने जीवन,हुन्छ आफ्नै हातमा
सुन्दर पार्न मात्र आफै,सिँगार्न सक्नुपर्छ
राधा के सी (गुल्मी)