कुलमान घिसिङ सम्बन्धि दीपकराज गिरीको ‘फेक’ स्टाट्यसले सबै झुक्किए पछि
काठमाडौं । चार वर्षे कार्यकाल सकिन केहि दिन बाँकी रहेका नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङको निरन्तरताको पक्षमा केहि दिन देखि मुलधारका मिडिया र सामाजिक सञ्जालहरुमा जनमत सिर्जना भएको छ । यहि क्रममा हास्य कलाकार दिपकराज गिरीले समेत घिसिङको निरन्तरताको पक्षमा मंगलबार अपरान्ह एउटा स्टाट्स लेखे । उनको दोहोरो अर्थ दिने भाषा शैलीको कारण उनका समर्थक तथा फ्यानहरु मात्र होइन मुलधारका अनलाइनका पत्रकारहरु समेत झक्किए ।

दिपकले कुलमानलाई सरकारले नियुक्ति गरिसकेको भान हुने स्टाट्स लेखेपछि उनी फेरि चर्चामा आए । उनको अभिव्यक्ति फेसबुक र ट्विटरबाट भाइरल हुन थालेपछि उर्जामन्त्री वर्षमान पुन अनन्तलाई धेरै पत्रकारहरुको कल आउन थाल्यो । पछि उर्जामन्त्रीबाटै सो जानकारी गलत भएको पत्रकारहरुले सुचना प्राप्त गरेपछि मात्र यथार्थ बाहिर आयो ।
प्रायसँधै विवादकै कारण चर्चामा आउने दिपकराजको यो स्टाट्सलाई कतिपयले चर्चामा आउने हतियारको रुपमा बुझेकाछन् ।
कतिपयले भने कलाकारिता मार्फत लोकप्रियता हासिल गरेका दिपकले यस्तो सस्तो फेक सुचना आफ्नो अकाउन्टबाट शेयर गर्नु गलत भएको बताएका छन् ।
छक्कापञ्जा टिमका प्राय कलाकारहरु सँधै विवादमा आउने गरेकाछन् । केहि समय अघि महानायक राजेश हमालका विरुद्धमा सोहि टिमकी दीपा श्री निरौलाबाट
विवादित अभिव्यक्ति आएको थियो । सो विवाद साम्मे हुन नपाई दीपकबाट आएको विवादित स्टाट्सलाई धेरैले नकारात्मकरुपले लिएकाछन् ।