Society

हाँस्य कलाकार मनोज गजुरेलले गरे बिबाह

हाँस्य कलाकार मनोज गजुरेलले सोमबार सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिएका छन।

गजुरेलले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलसँग विवाह गरेका छन्। केही वर्षअघि मिना ढकालसँग सम्बन्धविच्छेद गरेका मनोज र मन्जुले सोमबार बिहान डोलेश्वर महादेवको मन्दिरमा विवाह गरेका हुन्।

उनीहरूले सोमबार नै कौशलटारस्थित सपरिवार मानवसेवा आश्रममा गएर बुवाआमालाई खाना खुवाएर सम्पन्न गरेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *