BusinessNepalNews

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ

काठमाडौं : प्रहरीले सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङलाई पक्राउ गरेको छ। सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहित १२ जना बढीलाई पक्राउ गरेको हो ।

सिभिल सहकारीका निक्षेपकर्तालाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद समेत थिए । ब्यूरोका प्रमुख धिरजप्रताप सिंहका अनुसार उनलाई सोमबार बेलुका सुन्धारा क्षेत्रबाट पक्राउ गरिएको हो ।

४६ करोड बढी रकम ठगी गरेको भन्दै ७५ जनाले उजुरी दिएका थिए । बाँकी बचतकर्ता पनि उजुरी लिएर ब्यूरो जाने तयारीमा रहेपछि पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *