Home / Society / नवरात्रको छैटौं दिन आज “कात्यायानी” स्वरुपा माता भवानीको पुजा गरी मनाइदैं

नवरात्रको छैटौं दिन आज “कात्यायानी” स्वरुपा माता भवानीको पुजा गरी मनाइदैं

काठमाडौं: आज नवरात्रको छैटौं दिन “कात्यायनी” स्वरूपा दुर्गाको पूजा आराधना गरेर मनाउने गरिन्छ।

आजको दिन कात्यायनीलाई साहसको प्रतीकरुपमा दियो, कलश र गणेशको पूजा सहित गरेर विशेष पूजा गर्ने गरिन्छ।

शास्त्रीय मान्यता अनुसार यज्ञयज्ञादि दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुर राक्षसहरुबाट हुने बाधा हटाउनका लगि देवी कात्यायनीको स्वरुपलाइ साहसको प्रतिकको रुपमा लिने गरिन्छ।

देवकार्य पुरा गर्नका लागि माता भवानी स्वयंम् कात्यायन ऋषिको आश्रममा पैदा भएकी हुनाले कात्यायन ऋषिकी पुत्री कात्यायनी नामले पुकार्ने गरिन्छ।

हातमा चम्किलो खड्ग सहित सुन्तला बर्णकी कात्यायानिले लिएको अस्त्रलाइ चन्द्र खड्ग भन्ने गरिन्छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *