EntertainmentNews

आर्यन लागुऔषध मुद्दामा बोलिन तापसी

मुम्बई : बलिउडमा ‘ब्युटी विथ ब्रेन’ अभिनेत्रीको रुपमा चिनिने तापसी पन्नुले शाहरुखका छोरा आर्यन खानको लागुऔषध मुद्दामा बोलेकी छन्।

प्रायः बलिउड स्टार किड्सहरुले चाहिएको भन्दा पनि र क्षमताभन्दा मौकाहरु पाइरहेको गुनासो पोखिरहन्छिन् ।
यसका साथै आउटसाइडर र इन्साइडरको मुद्दामा पनि बोलिरहने उनी आर्यन लगायत समग्र बलिउडको समर्थनमा बोलेकी छिन् ।

नवभारत टाइम्ससँग कुराकानी गर्दैै तापसीले बलिउड एउटा सफ्ट पावरका साथै सफ्ट टारगेट पनि भएको बताएकी छिन् ।
तापसी भन्छिन्, “बलिउडमा कलाकारलाई आइडियल मानिन्छ। यदि केही गलत भइहाल्यो भने उनीहरुलाई सजिलै टार्गेट गरिन्छ । उनीहरुलाई थाहा छ कि कलकारहरुलाई टार्गेट गरेपछि कुरा आगोसरी फैलिन्छ । अटेन्सन चाँडै पाइन्छ, त्यसैले धेरैजसो अटेन्सन पाउन बलिउडलाई निशाना बनाइन्छ।”

तर, यसले बलिउड र बलिउडकर्मीले पाउने मायामा कुनै कमी नआउने तापसी भन्छिन् । किनभने यसअघि पनि थुप्रै बलिउडकर्मी विरुद्ध मुद्दा दर्ता भैसकेकाले यो आजको समय पनि चाँडै सकिनेमा उनी ढुक्क छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *