World News

मोदी सरकार बिरुद्ध विपक्ष २५ दलहरू एकजुट, संयुक्त बैठक जारी

नयाँदिल्ली । महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संकटकाबीच शुक्रबार विपक्ष दलहरूको संयुक्त बैठक जारी छ । 

विपक्षी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको अध्यक्षतामा बैठक दिउँसो ३ बजेबाट सुरु भएको हो ।

बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी, महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे, झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेन, एनसीपी नेता शरद पवार, डीएमके नेता एमके स्टालिनसहित २५ राजनीतिक दलका नेता सहभागी हुनेछन् ।

कोरोना महामारी, प्रवासी मजदुरहरूको पलायन र अर्थ व्यवस्थाको बिग्रँदो परिस्थितिलाई लिएर नरेन्द्र मोदी नेतृत्वको केन्द्रीय सरकारलाई घेराबन्दी गर्न रणनीति तय गर्न बैठक बस्न लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *