Home / Society / कोभीडका कारण १० हजार बिधार्थी र उनीहरुको ७ अर्ब बढी रकम जोखीममा

कोभीडका कारण १० हजार बिधार्थी र उनीहरुको ७ अर्ब बढी रकम जोखीममा

जापानका जापानीज स्कुल तथा अस्ट्रेलीयाका बिभिन्न विश्वविद्यालयमा भर्ना र भिसा आवेदन दिएका नेपाली विद्यार्थिको कोभिडको कारण भिषा र प्रवेश रोकिएको कारण करिब १० हजार भन्दा बढी विद्यार्थीको भबिस्य र उनीहरुले पठाएको पैसा अन्योलमा परेको ।

प्रबेशका लागी पैसा बुझाएर बर्षदिन बढी समय नेपालमै रोकिनु पर्दा ऋण खोजेर डलरमा शुल्क तिरेका अभिभावक र विद्यार्थी तनावमा पर्न थालेका छन। मोरङ लेटाङकी कन्चन मगर १ बर्ष अघी जापानको ओसाका स्थित एक जापानीज स्कुलमा पठाएको पैसाको ब्याज समेत तिर्न नसकेर तनाबमा छिन ।

स्थानिय शहकारीबाट १४% ब्याजदरमा रीण लिएको उनको , हरेक महीना ९ हजार ५ सय भन्दा बढी ब्याज तिर्नु पर्छ। तर घरबाट त्यती पैसा निकाल्ने क्षमता नभएको कन्चनले न्युजडोकोलाइ बताएकी छीन। यो त भयो एउटा प्रतिनिधी उदाहरण मात्र ।

कन्चन जस्ता आर्थिक अवस्था राम्रो नभएका १० हजार भन्दा बढी जापान तथा अस्ट्रेलीया सरकारको प्रबेश अनुमतीको पर्खाइमा बसेका छन। कोभिड- १९ को जोखिम उच्च भएपछि जापान , अस्ट्रेलिया , न्युजिल्यान्डलगायतका देशमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएका विद्यार्थी अन्योलमा परेका हुन् ।

ठूलो रकम खर्च गरेर छोराछोरी विदेशी विश्वविद्यालयमा पठाउने अभिभावकको सपनामा पनि चोट परेको छ । डेढ वर्षको अवधिमा अस्ट्रेलियाका विश्वविद्यालय तथा कलेजमा भर्ना भएर भिसासमेत पाएका करिब चार हजार विद्यार्थी जान पाएका छैनन् ।

अस्ट्रेलीया जान खोज्नेको करिब चार अर्ब ८० करोड रुपैयाँ र जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ गरी करीब ७अर्ब भन्दा बढी रकम फसेको छ। सरकारले समयमा नै पहल गर्न नसके दशौं हजार विद्यार्थिको भबिस्य अन्धकार हुने निस्चित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *