Home / World News / छत्तीसगढको क्‍वारेन्टाइनमा १० को मृत्यु : केहीबाट आत्महत्या, केहीलाई सर्पले टोक्यो

छत्तीसगढको क्‍वारेन्टाइनमा १० को मृत्यु : केहीबाट आत्महत्या, केहीलाई सर्पले टोक्यो

छत्तीसगढ । भारतको छत्तीसगढ राज्यको विभिन्‍न जिल्लामा रहेको क्‍वारेन्टाइमा १४ मेदेखि १० जनाको मृत्यु भएको छ । पछिल्लो समय दुई प्रवासी मजदुरको मृत्यु भएपछि त्यहाँ त्रास उत्पन्‍न भएको छ ।

प्रहरीले लामो समय हिँडेर आएका मजदुरको यात्राकै क्रममा स्वास्थ्य समस्या देखिएको र क्‍वारेन्टाइनमा रहेकाबेला मृत्यु भएको बताएको छ ।

उनीहरुको शव अहिले सुरक्षित राखिएको र कोरोनाको नमुना संकलन गरेर परीक्षणका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ । 

यसअघि पनि विभिन्‍न क्षेत्रबाट आएका मजदुरको क्‍वारेन्टाइमा रहेका बेला मृत्यु भएको थियो । उनीहरु कसैलाई पनि कोरोनाको लक्षण नदेखिएको बताइएको छ । 

उनीहरुमध्ये कसैको क्‍वारेन्टाइनमा सर्पले टोकेर मृत्यु भएको र केहीले आत्महत्या भएको जनाइएको छ । 

विपक्षी दलले सरकारले बनाएका क्‍वारेन्टाइनमा खानेपिउने व्यवस्थासमेत नभएकाले मानिसहरुको मृत्यु भएको आरोप लगाएका छन् । 

१४ मेमा एक २७ वर्षीय युवकले क्‍वारेन्टाइनमै आत्महत्या गरेको बताइएको छ भने १७ मे मा ३१ वर्षीय एकजनालाई सर्पले टोकेर मृत्यु भएको छ ।

उनी पुणेबाट एक हजार किलोमिटर पैदल हिँडेर आएका थिए । त्यसैगरी १८ मे मा बालोद जिल्लामा रहेको परसवाली क्‍वारेन्टाइमा २९ वर्षीय सुरज यादवले क्‍वारेन्टाइनमै आत्महत्या गरेको जनाइएको छ ।

सोही दिन सीताकसा क्‍वारेन्टाइनमा २८ वर्षीय बुधारु रामको सर्पले टोकेर मृत्यु भएको थियो ।

१९ मे मा बलरामपुर जिल्लामा क्‍वारेन्टाइनमा ड्युटी गरिरहेका शिक्षक सियारत भगतको मृत्यु भएको थियो । २० मे मा बेमेतरा जिल्लामा सेमरिया क्‍वारेन्टाइनमा ३५ वर्षीय राजु धुव्रको मृत्यु भएको थियो । 

२१ मेमा जांजगिर-चांपा जिल्लामा ३५ वर्षीय वीरबल महेश्वरीको मृत्यु भएको थियो भने २३ मे मा मुंगेलीमा २२ वर्षीय एक मजदुरको मृत्यु भएको थियो भने २४ मे मा २० वर्षीया अनुपा नामकी एक युवतीको मृत्यु भएको थियो । – बीबीसी

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *